'प्रधानमन्त्री, मन्त्री, सांसद र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न माग'
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारविरुद्ध कडा एक्शन शुरु गर्न पनि आग्रह गरे ।
उनले भने, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारबिरुद्ध कडा एक्शन शुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलव बाहेकका सबै कटौति गरियोस् ।’
उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौति गर्न माग गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया