'नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ'
काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले नक्कली भुटानी शरणार्थी प्रकरण २००७ साल यताकै देश र जनताको विरुद्धको सबै भन्दा ठूलो प्रकरण भएको भन्दै मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राज्यविरुद्धको अपराध भएको उनको भनाइ छ ।
रावलले विगत पनि देशमा भएका भ्रष्टाचारका ठूला काण्डहरू दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका जनतामा रहेको बताए ।
रावलले उक्त प्रकरणमा फरार टोपबहादुर रायमाझीलाई खोज्ने काम राज्यको भएको जिकिर गरे । उनले अनुसन्धान गर्ने प्रहरीलाई बल पुग्ने गरी नागरिक लगायत सबैले साथ दिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया