दल

नक्कली भुटानी शरणार्थी प्रकरण

'जसले अर्बौं पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउँछ ?'

इकागज |
बैशाख २६, २०८० मंगलबार १९:३९ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै बदनाम भएकाले यसलाई निष्कर्षमा पुर्याउँदै संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले भिआइपी अपराधीहरूलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरूलाई कारबाही गर भन्दै ब्यानर प्रदर्शन गरेका थिए ।


विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारबाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन् ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले जसले अर्बौं पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउँछ ?, सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरूको भ्रष्टाचार धन्दा छ लगायतका प्लेकार्ड देखाएका थिए ।


Author

थप समाचार
x