दल

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिन सके नेपाल आत्मनिर्भर बन्छ : वामदेव गौतम

इकागज |
बैशाख २८, २०८० बिहीबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।​ बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले कृषि क्षेत्रमा लगानी विस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए ।

नेपालका लागि कृषि सदाकालको अर्थतन्त्र भएको सांसद गौतमकाे भनाइ छ । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने जिकिर गरे । उनले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताए । स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी समेत उनले गरे ।


राष्ट्रिय सभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्न सके वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताए ।


Author

थप समाचार
x