दल

मधेश प्रदेशमा सरकार पुनर्गठन हुनुपर्छ : अध्यक्ष ठाकुर

इकागज |
बैशाख २८, २०८० बिहीबार १६:५८ बजे

फाइल तस्बिर

महेन्द्रनगर धनुषा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनर्गठन हुनुपर्ने माग गरेका छन् । 

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए । 


अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए । गठबन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अब लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ । 

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गरे ।

अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन् ।


Author

थप समाचार
x