दल

एमाले नेता बस्‍नेतले भनेः संघीयताको पुनरावलोकन गरौँ

इकागज |
बैशाख २९, २०८० शुक्रबार १८:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले पार्टी नेता र जनप्रतिनिधिहरूको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत राखे । उनले शुक्रबार केन्द्रीय कमिटीको बैठकमा विगतमा भएका कमी कमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखे ।

गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाएर अगाडि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।


‘सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नव युवा र महिलाहलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौं,’ उनले भने, ' तीन महिना पछि उक्त सदस्यहरुलाई संगठित गरि पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाऔ ।‘


Author

थप समाचार
x