दल

नेकपा ब्युँताउन तयार रहेको भन्दै माधव नेपालले भने : एमाले अध्यक्ष ओली सच्चिएर आए एकै ठाउँ बस्न सकिन्छ

इकागज |
बैशाख ३०, २०८० शनिबार १८:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू अहिले पनि नेकपा ब्युँताउन तयार रहेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली सच्चिएर आए एकै ठाउँ बस्न सकिने पनि बताए ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले राजावादीहरूले टाउको उठाउन थालेकाले कम्युनिष्टहरूको जिम्मेवारी बढ्दै गएको उल्लेख गर्दै उक्त कुरा बताएका हुन् ।


साेही क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन् । शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको उनले जिकिर गरे । उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे ।

देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरू नै संलग्न हुनु लाजमर्दो कुरा भएको उनले बताए । त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए ।


Author

थप समाचार
x