दल

'बालकृष्ण खाणलाई कारबाही किन नगरेको' भन्दै नेविसंघको प्रदर्शन

इकागज |
बैशाख ३१, २०८० आइतबार १३:३ बजे

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । 

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् । 


प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाईदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए । उनीहरूले आफ्ना नेताहरू प्रकरणमा संलग्न भएपनि दोषी भए कडा कानुनी कारबाही गर्नुपर्ने जनाएका छन् ।

 त्यस्तै विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दवाव बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । 


Author

थप समाचार
x