दल

नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हाे : स्वर्णीम वाग्ले

इकागज |
बैशाख ३१, २०८० आइतबार १८:१३ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले यसको गाम्भीर्यता राजद्रोह भएको बताएका हुन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुर्याउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे ।


वाग्लेले अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने बताए । त्यस्तै वाग्लेले तनहु-१ मा राजनीतिलाई सङ्गो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे ।​

उनले भ्रष्टहरूले सिस्टमलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताए ।


Author

थप समाचार
x