Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

जनमोर्चाको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान' आजबाट सुरू

इकागज |
जेठ १, २०८० सोमबार ६:२५ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गर्दैछ ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार जेठ १-१५ गतेसम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उदघाटन हुँदैछ ।


जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग-अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङबाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।

यसैगरी बाग्लुङबाट सुरु हुने अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन् ।

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ बाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहँदै आएको छ ।

सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रियाका कार्यक्रम हुनेछन् ।

र, जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा बिशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।


Author

थप समाचार
x