बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : महासचिव चन्द
फाइल तस्बिर
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
चन्दले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गरे । उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरूको शताब्दी हुन नसक्ने स्पष्ट पारे । उनले अहिले युवाहरूमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्ने गरी अघि बढ्न जरुरी रहेको बताए ।
उनले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरूले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछोरीले पढ्नै नपाउने अवस्था रहेको उल्लेख गरे ।
महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरू दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया