लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : अध्यक्ष केसी
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पारे । उनले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए । उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरू विदेश पलायन भइरहेको बताए ।
उनले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गरे । अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरू रमाइरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया