संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैनः रवि लामिछाने
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समितिले निष्कर्ष निकालेर विषयहरूलाई तोडमोड गर्नु नहुने बताए । उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए ।
उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन । कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनैपनि सदस्यलाई समय छुट्याउनुपर्छ ।’
सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया