दल

रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

इकागज |
जेठ २, २०८० मंगलबार २१:३५ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ । 

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले विरोध जनाएका हुन् । उनीहरूले मंगलबार साँझ माइतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति विरोध जनाएका हुन् । 


प्रदर्शनका क्रममा बोल्दै नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए । उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।


Author

थप समाचार
x