Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

तिब्बतियनलाई भेट्‌न अमेरिकी सक्रियता बढ्‌यो, परिचयपत्र बनाउन गृहमन्त्रीलाई दवाब दिए : पूर्वप्रधानमन्त्री खनाल

इकागज |
जेठ ३, २०८० बुधबार ९:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालप्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकाको सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् । 


आज बिहान काठमाडौँमा आयोजित ३० औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भएपछि अमेरिकी नेताहरू तारान्तर नेपाल आउन थालेको उनको भनाइ छ । ‘एमसीसी पारित भएपछि अमेरिकी नेताहरू तारान्तार नेपाल आउन थालेका छन्, उनीहरू आउने बितिक्कै सुरुमा तिब्बतियनहरूलाई भेट्‌न पुग्छन् र गृहमन्त्रीलाई भेटेर उनीहरूको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकीहरूबाट खुल्लम खुल्ला रुपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’ 

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले वैदशिक हस्तक्षेपविरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।

नेकपा एमाले विभाजन गरेर अलग भएपछि खुलेरै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विपक्षमा उभिदै आएका खनालले वामपन्थी एकता कायमै राख्न सकेमा सात वटै प्रदेशमा कम्युनिष्टहरूको सरकार निर्माण हुने बताए । ‘वामपन्थीहरू बीच एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरूको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँबाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड गरेका छन् । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुँदैन, यो राष्ट्रघाती र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन् ।


Author

थप समाचार
x