दल

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खँदिलो ढंगले उत्तर दिनुभयो : सांसद सापकोटा

इकागज |
जेठ ४, २०८० बिहीबार १८:४५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सांसदहरूसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन् ।

सांसद सापकोटाले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरूलाई समेटेर खँदिलो ढंगले प्रश्नको उत्तर दिएको बताए । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।


उनले भने, ‘जीवन्त जस्तो नै लाग्यो । प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन । आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खँदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो । त्यसरी हेर्दा खेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ । पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठीक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउने हुन्छ ।’


Author

थप समाचार
x