दल

सरकार दिशाहीन स्थितिमा छ : प्रमुख सचेतक गिरी

इकागज |
जेठ ४, २०८० बिहीबार १९:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताका साथ नदिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भीरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन् ।

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सीमित भएको उनले बताए । मुलुकमा आर्थिक संकट भए पनि समस्याको समाधान गर्ने ठोस योजनाहरूसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाइ छ । सरकार कुहिरोको कागजस्तो दिशाहीन अवस्थामा रहेको उनले बताए । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने गरी आउनुपर्ने बताए ।



Author

थप समाचार
x