Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन : योगेश भट्टराई

इकागज |
जेठ ५, २०८० शुक्रबार १९:११ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन् । शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको तर्क उनले गरे । उनले नीति तथा कार्यक्रममा कुनै जोश, जाँगर र सपना नरहेको जिकिर गरे ।


भट्टराईलेले भने, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्था माथिकै चुनौती छन् । त्यसलाई ठोस कार्ययोजना छैन । यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन ।’

सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतीको समाधान गर्ने कुरा नरहेको उल्लेख गरे । 


Author

थप समाचार
x