दल

भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गर्‍यो : ओली

इकागज |
जेठ ७, २०८० आइतबार १३:४९ बजे

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । 

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराए । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो प्रकरणका दोषीलाई उम्काउने षडयन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 


अध्यक्ष ओलीले सो प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न पनि सरकारलाई भने । उनले भने, ‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन नि । म्याऊ म्याऊ गर्दैन । र, यस प्रसंगलाई, यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपराधी नउम्कने गरी र कोही पनि दोषीलाई, दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस् । फेरि एकपल्ट म दोहोर्याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दैछु–दोषीलाई उम्काउने कोशिस भईरहेको छ । निर्दोषलाई फसाउन कोशिस भइरहेको छ । यो कुरा बन्द गरियोस् । र, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् । म सरकारलाई भन्न चाहन्छु सभामुख महोदय, सरकारले यसमा, मन्त्रिपरिषदका नेताहरूले हस्तक्षेप गर्नुपर्ने आवश्यक्ता छैन । प्रहरीलाई निष्पक्ष छानविन गर्न दिनुस्त । मैले भने नि जेठ १९ कि ३० मा परेको निवेदन अनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोड्न लगाईयो, बाध्य बनाइयो । यत्तिकै छुटे मान्छे ? छोडन लगाईयो । त्यसकारण यो खालको कर्महरु नगरिउन । ढाकछोप गर्ने दुश्साहन नगरियोस् । र, राजनीतिक अभिष्ट साँध्नका लागि निर्दोषलाई फसाउने पनि अपराध कर्म हो । त्यो अपराध कर्म गर्ने धृष्टता नगरियोस् । यतापट्टि म ध्यानार्षण गराउन चाहन्छु । अरु सबै भ्रष्टाचारका बारेमा के–के छानिन गर्नु हुन्छ ? नेकपा एमाले सधैं हन्ड्रेड पर्सेन्ट, सम्पूर्ण रुपमा छानविनका निकायहरुलाई साथ दिन तयार छ ।’

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरूको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत व्यक्त गरे ।


Author

थप समाचार
x