दल

प्रधानमन्त्री दाहाललाई विप्लवको सुझाव : एक पटक माओवादी भएर काम गर्नुस्

इकागज |
जेठ ७, २०८० आइतबार १७:४९ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको जिकिर गरे ।


सरकारले मन्त्रिपरिषदमा जनचाहना अनुरूपका प्रस्तावहरू गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता चन्दले जनाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह समेत गरे । उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे ।

महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए ।


Author

थप समाचार
x