देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयाे : ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शिताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन् ।
उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बदनाम गर्ने प्रवृत्ति देखापरेको जिकिर गरे । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दाबी गरे ।
योजना समयमा नै पुरा गर्ने र असाधारण विकासको गति ल्याउँदा पनि धर नपाएको उनको भनाइ छ ।
ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया