राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षको संयुक्त बैठक आज
काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तातित बैठक आज काठमाडौँमा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा 'वर्तमान परिस्थिति एबं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना' विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।
महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण ,संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकाले बीचको प्रदेशको संरचना खारेज गर्नुपर्नेबारेमा केन्द्रीय समितिमा छलफल हुने समेत जनाइएको छ ।
प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ । बैठकमा जनवर्गीय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरू पनि प्रस्तुत हुनेछ। बैठक भोलिसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया