Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

शरणार्थी प्रकरणमा आरोपितले एमाले नेताहरूको नाम लिएपछि महेश बस्नेतका १६ प्रश्‍न

इकागज |
जेठ १०, २०८० बुधबार १०:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

हाल पक्राउ परेका बालकृष्ण खाणसहित उनकी श्रीमती मञ्जु खाण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिएपछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् । उनले सो बयानपछि १६ वटा बुँदा (प्रश्न) अगाडि राखेका छन् । 


यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुँदा 

- आज एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परिआए आइजिपी फेरेर भएपनि उहाँलाई आइजिपी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।

- गृहमन्त्रीसँग समेत भएको भेटमा वर्तमान आइजिपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।

- केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोपबहादुर रायमाझीको पिए लिला जिसीमार्फत पैसा दिएको जवरजस्ती बयान गराइएको थियो ।

- केशव दुलाल र लिला जिसीबीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्माबीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएकामध्येका बालकृष्ण खाण गिरफ्तार छन् तर मन्जु खाण र आरजु देउवा छानविनको दायरामा राखिएको छैन ।

- तिनै केशव दुलाललाई आज प्रहरीले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता रामबहादुर थापा, राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

- उनी र सन्देश शर्माले नै अडियोमा नाम लिएका आरजु र मन्जुलाई बचाएर बयान दिएका छन् ।

- निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भिआइपी चिन्दिन पीडित भनिएका कसैसँग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन् ।

- सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।

- आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।

- केशव दुलाल काँग्रेसको नेता हुन् । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाण र पुर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।

- देउवाले मंगलबार दिउँसो आफू निकटको व्यक्तिहरूलाई ढुक्क हुनु खाण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेका छन् ।

- बयानमा खाण लगायतलाई बचाउने नियत प्रष्ट छ । । खाणमार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जितजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

- रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिवक्ता दिनमणी पोखरेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयण्त्र चिर्न जरुरी छ र प्रतिवाद गरिनेछ ।

घेराबन्दी तोडिएको हो र तोडिनेछ :

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइकेमध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरूलाई बदनाम गर्ने गरी बयान दिएका छन् । कथित बयान भनिएको एमालेविरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले बयानको अंश छानी-छानी सञ्चार माध्यमहरूलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरूले उही कथालाई तथ्य जसरी प्रकाशन गरिरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।


Author

थप समाचार
x