दल

भारतसँगको सम्बन्ध नेपालका लागि अवसर हो, समस्या होइन : सांसद राई

इकागज |
जेठ ११, २०८० बिहीबार १४:५२ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालका लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन् ।

उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको जिकिर गरे । उनले भारतसँगको सम्बन्धलाई अवसरका रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको आराेप लगाए ।


सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए । उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताए ।


Author

थप समाचार
x