जनमत पार्टीका दुई सांसदलाई निष्कासन गर्न केन्द्रीय समितिको सिफारिस
काठमाडौँ- जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्कासन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
उनले भने, 'उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीका लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।'
पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया