दल

कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छ : प्रमुख सचेतक लेखक

इकागज |
जेठ १४, २०८० आइतबार १९:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरूसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सरकारले  ल्याउने बजेट राम्रो हुने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताए । उनले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने बताए ।


सरकारले ल्याउने बजेटको मुख्य चुनौती भनेको कार्यान्वयनको रहेको लेखककाे भनाइ छ । उनले सरकारले बजेटमा कृषि,स्वास्थ्य,शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताए । उनले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य,शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताए । उनले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि सतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको उल्लेख गरे ।

उनले सरकारले बजेटमार्फत ल्याएका योजनाहरू ३ वर्षमा पूरा गर्ने भने पनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको बताए । उनले भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको बताए ।


Author

थप समाचार
x