रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् शपथ
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएका छिन् । सोमबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई शपथ ग्रहण गराएका हुन् । सो क्रममा सभामुख घिमिरेले सांसद कंसाकारलाई संसदकाे लोगो प्रदान गरेका थिए ।
आफ्ना सांसदले शपथ ग्रहण गरेपछि रास्वपा सभापति रवि लामिछानेले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदका रूपमा पाउँदा निकै गर्वको महसुस भएको बताए । उनले कंसाकारलाई संसदमा प्रवेश गराउनु सम्पूर्ण एसिड आक्रमण पीडितको विजयी भएको धारणा राखे । लामिछानेले रेशम चौधरीको रिहाइ प्रक्रिया गलत भएको प्रतिक्रिया दिए ।
त्यस्तै सांसद बिन्दबासिनी कंसाकारले एसिड जलनको पीडाको मुद्दा लिएर सदनमा प्रवेश गर्ने बताए ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले ढाकाकुमारलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया