दल

बजेटको समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

इकागज |
जेठ १५, २०८० सोमबार १९:५३ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बजेटमा मल खादको प्रत्याभूति नगरिएको जिकिर गरे । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने उनकाे भनाइ छ । उनले सार्वजनिक संस्थाहरू कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको उल्लेख गरे । 


सुवालले भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले विरोध गर्छौं, मल खादको प्रत्याभूति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ । सार्वजनिक संस्थाहरू कसरी चलाउने राम्रोसँग आएको छैन । शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन ।’

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताए । 


Author

थप समाचार
x