सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न मिल्दैन : उदयशमशेर राणा
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न नमिल्ने टिप्पणी गरेका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो प्रारम्भिक टिप्पणी गरेका हुन् ।
सांसद राणाले बजेट राम्रै आउने गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए । उनले पुराना आयोजनाहरूलाई पूरा गर्न सांसद विकास कोषका लागि विनियोजन गरेको बजेट उपयोग गर्न उपयुक्त हुने पनि बताए ।
सांसद राणाले बजेटले मुलुकको इकोनोमीलाई अघि बढाउन प्रयत्न गरेको समेत बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया