दल

पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती छ : प्रधानमन्त्री

इकागज |
जेठ १६, २०८० मंगलबार १९:३ बजे

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताएका  छन् । मंगलबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए । 


प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरू सरकारको नेतृत्वमा आएको स्पष्ट गरे । 

उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’ प्रधानमन्त्रीले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताए । 


Author

थप समाचार
x