दल

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराए

इकागज |
जेठ १६, २०८० मंगलबार १७:४१ बजे

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् । सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।

उनले भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएको एक सांसदले जानकारी दिए । त्यस्तै बजेटको कार्यान्वयनलाई सफल बनाउने गरी भूमिका खेल्ने प्रचण्डले सांसदहरूलाई निर्देशन दिएका थिए ।


त्यस्तै माओवादीले सांसदहरूलाई बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको थियो । 


Author

थप समाचार
x