नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउने चेतावनी
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको बागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे । उनले पार्टीको विधान अनुरूप हरेक २ महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि १० महिनासम्म बैठक बस्न नसकेको बताए ।
उनले पार्टीका उपसभापति र महामन्त्रीहरूले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिए पनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरू नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।
पार्टीले भ्रष्टाचारका कुराहरूलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने आचार्यकाे तर्क छ । कांग्रेस बिग्रिन र सिद्धिन लागेकाले भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरूको अभियान कांग्रेसको चिन्ता गर्नेहरूको अभियान भएको स्पष्ट पारे ।
आचार्यले आफूहरूले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया