नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गर्नुभएको छ : योगेश भट्टराई
काठमाडौँ–एमाले सचिव योगेश भट्टराईले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको उलङ्घन गरेको बताएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसद्ले पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उल्लंघन गर्नुभएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो । संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो । प्रमाणीकरण सम्बन्धि विज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी विधेयक प्रमाणीकरणको विषय संविधानको को धारा १११ र ११३ अनुसार मात्र हुनसक्छ ।’
नेता भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणकै दिनमा प्रमाणीकरण हुनुमा आशंकासमेत व्यक्त गरेका छन् । ‘नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ?,’ उनले लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया