नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जायज र स्वागतयोग्य : बाबुराम भट्टराई
काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण हुनु जायज र स्वागतयोग्य भएको बताएका छन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसद्ले पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नेता भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वञ्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिककगसंग जोडेर आफूलाई मात्र देशभक्त र अरूलाई राष्ट्रघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून् ! जुनसुकै जाति/धर्म/लिंग को व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन !’
ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वन्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो!नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति,धर्म,लिॅगसंग जोडेर आफुलाई मात्र देशभक्त र अरूलाई…
— Baburam Bhattarai (@brb1954) May 31, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया