दल

पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजियाे : ओली

इकागज |
जेठ १७, २०८० बुधबार १६:५३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्य कुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन् ।

अहिले बोक्न नसक्ने गरि आफ्नो सुन लगाएको फोटो बनाएर आफूमाथि भ्रम सिर्जना गरिएको उनले जिकिर गरे । ओलीले आफूले सानो हुँदा ३–४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गरे ।


सभ्यताको सुरु भएको यस धर्तीमा जे बोले पनि हुने प्रवृत्ति मौलाउँदै गएको उनको भनाइ छ । 


Author

थप समाचार
x