नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र समय उपयुक्त भएन : प्रदीप पौडेल
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
पौडेलले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने जिकिर गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे ।
उनले भने, ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो । संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपर्थ्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणीकरण गर्ने अवस्था हुनुपर्थ्यो । त्यसैले कन्टेन्टको बारेमा सहमति, विमति के छ त्यो भन्दा पनि प्रोसेसका बारेमा त्रुटी देखियो । प्रक्रिया र समय उपयुक्त भएन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया