दल

पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्छ : गगन थापा

इकागज |
जेठ २२, २०८० सोमबार १९:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले यस्ताे बताएका हुन् ।

उनले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टीभित्र गुट-उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृत्तिकाे विकास भएको जिकिर गरे । थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा कांग्रेस भएपनि पार्टीप्रति जनताको कुनै भरोसा नभएको उल्लेख गरे । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धति नै फेरबदल गर्नुपर्ने थापाकाे भनाइ छ ।


महामन्त्री थापाले सुशासन र पारदर्शिता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधिहरूलाई निर्देशन गरे ।

नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधिहरूलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदीलगायतले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x