दल

निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्यायाे : ठाकुर गैरे

इकागज |
जेठ २२, २०८० सोमबार १९:६ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा लिँदै उनले आफैँले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्त विपरीत अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याएको भन्दै यसले सबै क्षेत्रलाई निराश बनाएको जिकिर समेत गरे ।


सांसद गैरेले सरकारले ल्याएको बजेटलाई ‘जब्बरजस्ती फुकेको बेलुन’सँग तुलना गर्दै कुनै पनि दिन फुट्ने र देश बर्बाद हुने बताए ।

उनले भने, ‘गत वर्ष जस्तो सिसिटिभी फुटेज हराउने छैन । मुसाले तार काट्ने छैन । तर, आज पनि हामी समाचार सुनिरहेका छौं–कि आज पनि निश्चित घरानाहरूलाई करको दरमा छुट दिने गरी बजेट आएको छ भन्दा हामीलाई दुःख लागेको छ । गाडी खरिद गर्नेहरूलाई, कुनै विदेशी सामान आयात गर्नेहरूलाई आज रातारात करोडौं कमाउने गरी करका दायराहरू लिकेज भएको समाचार आएका छन । म दुःख व्यक्त गर्न चाहन्छु । म अर्थमन्त्रीजीको ध्यानाकर्षण गर्दै भन्न चाहन्छु–तपाईले प्रस्तुत गरेको नीति विपरीत, सिद्धान्त विपरीत, तपाईले प्रस्तुत गरेको नीति, कार्यक्रम विपरीत, तपाईँले यो रोष्टमबाट सबै जनतालाई हेर्छ सरकारले भनेको दिएको अभिव्यक्तिविरुद्ध ल्याएको बजेट जब्बरजस्ती फुकिएको बेलुन हो । र, त्यो कुनै पनि दिन फुट्न सक्छ ।’

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरुद्ध संसद् भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।

 


Author

थप समाचार
x