बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा
फाइल तस्बिर
काठमाडौँ- पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् ।
उनले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचारहरू आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको जिकिर गरे । उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए । उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमितताहरू हल र कोष करेक्सन नभएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको उल्लेख गरे । उनले कसैलाई खुसी पार्न नसक्ने बजेट आलोचित हुने तर्क गरे । उनले स्ट्रक्चर बनाउन खोजेको छ तर जग पनि कमजोर रहेको बताए । उनले बजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया