प्रधानमन्त्रीलाई संसदीय मूल्य, मान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : सचेतक बर्तौला
काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरूले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको बताएका हुन् । उनले नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफूहरूले संविधानसम्मत् गर्न आग्रह गरेको उल्लेख गरे ।
उनले प्रधानमन्त्रीलाई संसदीय मूल्य र मान्यताभित्रै रहेर प्रश्न गरिएको बताए ।
सांसद बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढीभन्दा बढी सहभागी हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताए । उनले आज संसदमा प्रश्न सोध्ने सांसदहरूलाई अशोभनीय भनेर भन्न नमिल्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया