दल

नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ब्युँताउन माधव नेपालको आह्वान

इकागज |
जेठ २७, २०८० शनिबार १९:१० बजे

भक्तपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । शनिबार भक्तपुरमा आयाेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको जिकिर गरे । उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताए ।


अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसी नरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरूले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए ।


Author

थप समाचार
x