दल

चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको होइन:  किशोरसिंह राठौर

इकागज |
जेठ ३०, २०८० मंगलबार १४:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताएका छन् । 

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै देश भगौडाहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको समेत बताए । 


उनले आफ्ना देशका नागरिकलाई अनागरिक बनाउनेहरुले ठूलो कुरा गर्ने गरेको जिकिर गरे । उनले नेता, कर्मचारी जनताको सेवक बन्न सक्यो कि सकेन भन्ने नै महत्वपूर्ण रहेको भन्दै बिभिन्न निकायमा बस्ने व्यक्तिहरु जिम्मेवार भए सुशासन आफै कायम हुने धारणा राखे । राठौरले देशको प्रमुख चुनौति नै भष्ट्रचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तब्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । 

संघीय सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए । 


Author

थप समाचार
x