दल

नेपालको राष्ट्रियता संकटोन्मुख : मोहनविक्रम सिंह

इकागज |
जेठ ३०, २०८० मंगलबार १४:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताएका छन् । 

दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताए । 


नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धि अब कसले रक्षा गर्ने भन्ने हाम्रो सामु ठूलो समस्या रहेको उनले औल्याए । भारतले नेपालको सिमा अतिक्रमण गर्दै लामो समयदेखि नेपालीलाई दुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षेप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपी मार्फत नेपालमा अमेरिकी सामराज्यबाद लाद्न खोजेको उनले बताए । 

यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पूरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दलनै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाई छ । 

यस्तै उनले नागरिकता विधेयक मार्फत ठूलो संख्यामा भारतीयहरुलाई नेपाली बनाउने चलखेल भइरहेको पनि बताए । 


Author

थप समाचार
x