कांग्रेस कार्यवाहक सभापतिमा खड्का
काठमाडौँ–नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् ।
सभापति शेरबहादुर देउवा स्वास्थ्य जाँचका लागि सिंगापुर गएकाले आफ्नाे अनुपस्थितिमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,’ पार्टी कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ ।
गएराति १२ बजे सिंगापुर एयरलाइन्सको फ्लाइटबाट सभापति देउवा नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गएका हुन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया