मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन : कांग्रेस नेता शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा नभनेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिएका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजालाई कहिल्यै ‘पूर्वराजा’ भन्दिन नि । मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’
उनले अझ अगाडी लेखेका छन् ‘मैले सोधेँ, तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’
आफ्नो पुस्तक हस्तान्तरण गरेको तस्बिरसमेत सार्वजनिक गर्दै मिश्रले उनको कोइरालाको धारणा बाहिर ल्याएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया