कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा : ओली
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् ।
शनिबार ललितपुरको च्यासलस्थीत एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।
उनले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको जिकिर गरे । ओलीले अहिले केहि दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णतर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गरे । अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामू लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने उनले बताए । ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गरे ।
ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिना प्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको दावी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया