समाजवादी माेर्चा साेमबार घाेषणा हुने
काठमाडाैँ- समाजवादी मोर्चाको घोषणा यही असार ४ गते हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुने बताएका छन् । उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्राविधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुन लागेकाे हाे ।
चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले त्यसलाई मूर्त रूप दिनका लागि छलफललाई तीब्रता दिइएको जानकारी दिए ।
उपाध्यक्ष पाण्डेका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भएकाे थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया