बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । उनले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए ।
उनले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताए । उनले संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘यो अहिलेमात्रै होइन, २०७२,२०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ । यही बजेटमा के गर्न सकिन्छ ? आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो । सशर्त अनुदान भनेर
दिएको छ, यदी केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की ? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ ।’
प्रमुख सचेतक लेखकले साना बजजेटहरु केन्द्र सरकारले नभइ स्थानीइ तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया