समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् ।
उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे । उनले एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरूले समाजवादी मोर्चा घोषणा गरेको बताए । उनले समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने बताए । उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए ।
सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरू सभापति र सभापतिका नजिकका केही नेताहरूमात्रै बसेर गर्न नहुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया