दल

काँग्रेस र एमालेको समीकरण बनाइ सरकार बनाउन सहज छैनः माधव सापकोटा

इकागज |
असार ५, २०८० मंगलबार १८:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली काँग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । 

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र काँग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन् । उनले अहिले नै एमाले र काँग्रेस बीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए । उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । उनले समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको बताए । 


उनले भने,  ‘हामीले हिजो जुन नेकपा बनायौँ, त्यो नेकपा रक्षा गर्न सक्नुपर्दथ्यो । त्यसको रक्षा हुन सकेन । त्यसको शिक्षा लिएर अहिलेका काम कारबाहीहरुलाई प्रभावकारी रुपमा सम्पादन गर्ने र समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो मोर्चा बनेको छ । काँग्रेस एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन । अहिले नै एमाले र काँग्रेस बीचमा समीकरण भइहाल्ने र उहाँहरुले नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन । यसमा कोही तर्सिन जरुरी छैन । समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित हो ।’

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए । 


Author

थप समाचार
x